टेलिकममा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका लागि जागिर खुल्यो

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि विज्ञापन खुलाएको छ ।

खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले आज ६९ जना कर्मचारीका लागि विज्ञापन खुलाएको हो ।

आज सार्वजनिक सूचनामा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त दिन आह्वान गरिएको छ ।

योग्य उम्मेदवारले www.ntc.net.np वा recruit.ntc.net.np वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् ।

आवेदन दिने म्याद यही फागुन २९ गतेसम्म रहेको छ भने त्यसपछि दोब्बर परीक्षा दस्तुर तिरेर चैत ७ गतेसम्म दरखास्त दिन सकिने सूचनामा भनिएको छ ।

हेर्नुहोस् सूचना: