महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जित्यो

काठमाडौं । म्यानमारले नेपालविरुद्ध जित निकालेको छ । महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा म्यानमारले नेपाललाई २-० गोलले हराएको हो ।

खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यानमारले नेपाललाई पराजित गरेको हो । म्यानमारका लागि यू पीर खैंग र विन थिंगी टुंगले एक-एक गोल गरेका थिए ।