वामपन्थी नेता प्रदीप नेपालको निधन 

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।

साहित्यकारसमेत रहेका नेपालको निधन भएको पुष्टि उनका भाइ समीर नेपालले खबरहबसँग गरेका छन् । नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । उनका अनुसार नेता नेपालको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ ।

नेता नेपाल नेपालका नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। त्यसपछि उनी शिक्षामन्त्रीसमेत भएका थिए । उनको जन्म २०१० साल पुस २८ गते भोजपुरको पोखरे गाउँमा भएको थियो। उनी पछिल्लो समय काठमाडौंको गोठाटारमा बस्दै आएका थिए ।