काठमाडौं । नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ०.८५ अङ्कले बढेर २६७५.६२ विन्दुमा पुगेको छ । सोमवार २.९७ अङ्कले घटेर २ हजार ६७७ विन्दुमा झरेको थियो ।आज कूल ३१८ सूचीकृत कम्पनीका १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ६ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।
उप–सूचकको हिसाबमा ६ वटा बाहेक सबै क्षेत्रमा हरियाली देखिएको छ। विशेष गरी विकास बैंक समूहको सेयरमा उल्लेखनीय उछाल आएको छ।
राधि विद्युत कम्पनकिो ४७ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री, ग्रिन डेभलपमेन्ट बैंक र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पियोर इनर्जीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।




































