टेरामक्स प्रकरण : कांग्रेस नेता मोहन बस्नेत २५ लाख धरौटीमा रिहा

काठमाडौं । विशेष अदालत, काठमाडौंले पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ ।

विशेष अदालत, काठमाडौंका न्यायाधीशत्रय तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतविरुद्ध उक्त धरौटी मागको आदेश दिएका हुन् ।

टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध अख्तियार दुरूपयोग आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। त्यसपछि उनको पद स्वत: निलम्बनमा परेको थियो ।

कांग्रेस नेता बस्नेत आजै अदालतमा उपस्थित भएका थिए । थुनछेक बहसपछि धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश जारी गरेको हो ।