पथरी । इलाका प्रहरी कार्यालय पथरीले लागुऔषधसहित ४ जना युवालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानबाट ति युवाहरूलाई नियन्त्रण लिइएको हो ।
बिहीबार पथरी शनिश्चरेबाट-१० का २२ वर्षीय अब्राहम राई र २६ वर्षीय युकेश राईलाई ट्रामाडोल ५९ चक्कीसहित पक्राउ गरिएको हो भने रमाइलोबाट कानेपोखरी गाउँपालिका- ६ का ३३ वर्षीय प्रेम दाहाल र २२ वर्षीय निसान माझीलाई डायक्लोमाईन र ट्रामाडोल गरी जम्मा ३४९ चक्कीसहित पक्राउ गरेको छ ।




































