बागमती । बागमती प्रदेशसभाले नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम अनुमोदन गरेको छ।
प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम ११ बमोजिम प्रस्तुत गर्नुभएको सदस्यहरूको नामलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
प्रदेशसभा बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रदेशसभा सदस्य उर्मिला नेपाल, रामा आले मगर, लक्ष्मी घिमिरे, सुष्मा भुजेल न्यौपाने र हरि सापकोटाको नाम अनुमोदन गरेको छ ।



































